एमालेको रााष्ट्रिय अधिवेशनको लागि नुवाकोटमा १७ प्रतिनिधि चयन

नुवाकोट । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि एमाले नुवाकोटले १७ प्रतिनिधि चयन गरेको छ ।

मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमाले राष्ट्रिय महाधिवेशनका लागि १६ जना प्रतिनिधिको नाम सर्वसम्मत चयन गरेको हो । एक जना प्रतिनिधिको लागि थप छलफल भइरहेको नेकपा एमाले नुवाकोटका उपाध्यक्ष एंव पूर्व मन्त्री बद्री मैनालीले बताएका छन् ।
नेकपा एमाले नुवाकोट १७ जना प्रतिनिधिको लागि ८१ जनाको उम्मेद्वारी परेको थियो । उम्मेद्वारी पश्चात छलफल गर्दै नेकपा एमाले नुवाकोटले सर्वसम्मत रुपमा प्रतिनिधिको चयन गरेको हो । नेकपा एमाले बागमती प्रदेश सचेतक एंव पूर्व मन्त्री केशव पाण्डे, प्रतिनिधि सभाका सांसद एंव एमाले नुवाकोटका अध्यक्ष नारायण खतिवडा र उपाध्यक्ष एंव पूर्व मन्त्री मैनालीसहित १६ जना प्रतिनिभि चयन भएका छन् ।
प्रतिनिधिको नामावली क्षेत्र नं. १
१. बद्री मैनालि २. बिन्दा ढुङ्गाना ३. काशिराज अधिकारि ४. पुर्णलाल श्रेष्ठ ५. शर्मिला थपलिया ६. जित बहादुर घले ७. मंगलमाया प्रजापति ८. केशव सेञ्चुरी
क्षेत्र नं. २
१. केशवराज पाण्डे २. नारायण खतिवडा ३. रामशरण प्याकुरेल ४. बुद्धी बहादुर प्रधान ५ टुङ्ग्याउन बाँकी ६. सावित्री प्याकुरेल ७. मेन्चुङ लामा ८. गिता दाहाल ९. उषाकिरण तिम्सेना
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया