पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा नुवाकोटमा रााष्ट्रिय युवा संघको प्रदर्शन

विदुर खबर २०७८ कार्तिक २६ गते १८:२६

नुवाकोट । सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको विरोधमा नेकपा एमाले निकट युवा संगठन रास्ट्रीय युवा संघ नेपाल नुवाकोट तथा अनेरास्ववियु जिल्ला कमिटी नुवाकोटले विदुरमा प्रर्दशन गरेको छ ।

Advertisement

नेकपा एमाल नुवाकोटको पार्टी कार्यालय विदुरबाट शुरु भएको विरोध प्रर्दशन विदुर चोक हुँदै लोकतान्त्रिक चौतारोमा पुगेर सभामा परिणत भएको थियो ।

प्रर्दशनमा युवाहरुले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्न माग गरेका छन । पेट्रोलियम पदार्थ लगायत अन्य ईन्धनमा गरिएको मूल्य वृद्धि फिर्ता नभए कडा आन्दोलनमा उत्रने युवा संघका सचिवालय सदस्य आर्यन श्रेष्ठले चेतावनी दिए ।

Advertisement

यस्तै अनेरास्ववियु नुवाकोटका अध्यक्ष बिस्णुहरि रिमाल सत्यले सरकारले गरेको मुल्य बृद्धिले जनतालाई राहातभन्दा बढी आघात पुगेकोले बढेको मुल्यबृद्धि तत्काल फिर्ता लिनुपर्ने बताए ।

विरोध प्रर्दशनमा एमाले सम्बद्ध विभिन्न भातृ संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको युवा संघ नुवाकोटका संयोजक प्रज्वल सापकोटाले बताए ।

Advertisement

प्रतिक्रिया