२४ घण्टामा ३१७ जनामा कोरोना संक्रमण पुष्टि
विदुर खबर
२०७८ कार्तिक २५ गते २०:३२
नुवाकोट । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले विगत २४ घण्टामा ३१७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयको नियमित अपटेड अनुसार देशभरमा भएको ९ हजार ६०९ पीसीआर परीक्षणमा ३०१ जना र तीन हजार ४४ एन्टिजेन परीक्षणमा १६ जनामा संक्रमण पाइएको हो ।
बिहीबार संक्रमणका कारण ६ जनाले ज्यान गुमाएका छन् । सोहि अवधिमा संक्रमणमुक्त हुनेको संख्या भने २७९ रहेको छ ।
आज थपिएका संक्रमितमध्ये काठमाडौंका ११० जना, ललितपुरका ३६ जना र भक्तपुरका सात जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
हाल नेपालमा सात हजार ५३५ जना सक्रिय संक्रमित र ९८ जना क्वारेन्टिनमा छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया