नुवाकोट कांग्रेसको क्षेत्रिय सभापतिमा प्याकुरेलको उम्मेदवारी घोषणा

विदुर खबर २०७८ कार्तिक २३ गते २०:५३

नुवाकोट । नेपाली कांग्रेसको चौधौं महाधिवेशन नजिकिदै जाँदा सबै तहका नेतृत्वमा आकांक्षा राख्ने नेताहरुले आ–आफ्नो दावी प्रस्तुत गर्ने क्रम सुरु भएको छ ।

Advertisement

यसैक्रममा नुवाकोट क्षेत्र नम्बर २ को क्षेत्रिय सभापति युवा नेता तथा समाजसेवी मछिन्द्र नरसिंह प्याकुरेलले उम्मेदारी दिएका छन् । उनले आगामी अधिवेशनका लागि क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिमा उम्मेदवारी घोषणा गरेका छन ।

उनले अग्रजको साथमा, अवको राजनिति युवाको हातमा भन्ने नारा लिएर उम्मेदवारी घोषणा गरेका हुन । उनले छरिएर रहेका युवापङ्त्तिलाई एकतावद्ध गरेर तीनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने गरी संगठन निर्माण गर्ने समेत बताए ।

Advertisement

नुवाकोटमा संघ, प्रदेश र स्थानिय तहमा कांग्रेस पराजित भएकाले पार्र्टीको पुरानो विरासत फर्काउने आफ्नो मुख्य लक्ष्य रहेको उनले बताए । क्षेत्रिय सभापतिमा उनीसहित अन्य आकांक्षीहरुले समेत उम्मेदवारी दिने तयारी गरेका छन ।

विद्यार्थी राजनितिबाट राजनितिमा होमिएका उनलाई युवा जमातहरुको सर्मथन रहेको छ । उनी नुवाकोटमा राजनितिज्ञ भन्दा बढी समाजसेवीको रुपमा बढी परिचित रहेका छन् । उनी नुवाकोटमा सामाजिक अभियान्ताको रुपमा बढी परिचित छन् ।

Advertisement

प्रतिक्रिया