नुवाकोट सम्पदा गाउँको अध्यक्षमा पुन रिमाल सर्वसहमत

विदुर खबर २०७५ भदौ २ गते १४:५८

Advertisement

नुवाकोट÷नुवाकोट सम्पदा गाउँको तेश्रो साधारणसभा तथा प्रथम अबिधेशनले नुवाकोट सम्पदा गाउँकोे अध्यक्षमा पुनः पुस्कर शर्मा रिमाललाई निर्बाचित गराएको छ ।

शर्माको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा रामलाल डङ्गोल, सचिबमा ईश्वरमान श्रेष्ठ, सहसचिबमा रामहरी आचार्य र कोषाध्यक्षमा रामराजा श्रेष्ठ चयन हुनुभएको छ ।
यस्तै, सदस्यहरुमा ध्रुर्बबहादुर थापा, महेन्द्रलाल श्रेष्ठ, रमेश विश्वकर्मा, भोजबहादुर ओझा, शर्मिला श्रेष्ठ, अप्सरा खतिवडा, सनम परियार र दिपेन्द्र लोहोनी चयन हुनुभएको निर्बाचन मण्डलका संयोजक बसन्तलाल श्रेष्ठले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया