नुवाकोटमा कांग्रेस अझै एक हुन सकेन

विदुर खबर २०७८ कार्तिक १६ गते १८:२१

विदुर । नुवाकोट कांग्रेसमा लामो समयदेखि फरक फरक गुट बनाएर हिँडेका महत र केसी अझै एक हुन नसकेपछि नेता तथा कार्यकर्ताहरुले चिन्ता व्यत्त गरेका छन् ।

Advertisement

चारवर्षअघि सम्पन्न स्थानिय तथा प्रदेश र संघिय चुनावमा नराम्रो पराजय भोगेका कांग्रेस नेताहरुको अझै होस नआएको भन्दै आम सर्वसाधारणले बताउन थालेका छन् ।

चारवर्ष अघि सम्पन्न भएको स्थानिय तथा प्रदेश र केन्द्रको चुनावपछि लगभग एक बनेका कांग्रेसका महत र केसी पक्ष महाधिवेशन नजिकिएसँगै फेरि अलग अलग समुह बनाएर हिँडिरहेका छन् ।

Advertisement

तत्कालिन नेकपा र एमालेको फुटका कारण हौसिएका नुवाकोटका कांग्रेस कार्यकर्ताहरु पुन नेताहरुको गुटगत राजनीतिको कारण फेरि निराश भएका छन् ।

पछिल्लो समय नुवाकोटमा महत र केसी पक्ष अर्काको अस्तित्व नै स्वीकार नगर्ने पक्षमा देखिएका छन् भने जसरी नि जिल्ला आफुले कब्जा गर्ने रणनिति अपनाएर हिँड्न थालेका छन् ।

Advertisement

यसै क्रममा शनिवार विदुरमा केसी समुहले आयोजना गरेको चियापान कार्यक्रममा महत र बहादुरसिंह लामा समुहका नेता तथा कार्यकर्ताहरु अटाएनन भने महत र लामाले आयोजना गरेको कार्यक्रममा केसी समुहका कोही गएनन् । यसले पनि नेपाली कांग्रेसको गुटगत राजनीति कस्तो छ भन्ने पुष्टि गर्दछ ।

दुबै समुहले फरकफरक स्थानमा आयोजना गरेको चियापान कार्यक्रम पनि अर्काे समुहको गाली गर्ने मैदान बन्दै गएको सरोकारवालाहरु बताउँछन् । यस्तो गुटगत राजनीतिले व्यक्ति मात्रै नभई सिंगो पार्टी पङतिmमा असर पर्ने उनीहरुको चिन्ता छ ।

प्रतिक्रिया