छिमेक लघुवित्तद्धारा अविभावकलाई वित्तिय साक्षरता प्रदान

विदुर खबर २०७५ भदौ २ गते १४:१५

नुवाकोट, छिमेक लघुवित्त वित्तिय संस्थामा लिमिटेड शाखा कार्यालय वेत्रावती नुवाकोटले यस संस्थामा आबद्ध इकाईका सदस्यहरुको अभिभावकलाइ साक्षर बनाउन अभिभावक भेला तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरेको छ ।
कार्यक्रममा छिमेक लघुवित्त वित्तिय संस्थाका अनुगमन प्रमुख अर्जुन पन्तले बचतको विशेषता, राधाकृष्ण तिमल्सीनाले कर्जाको विषेशता र सुनिता तिम्सीनाले वित्तीय साक्षरताको बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।
साथै कार्यक्रममा छिमेक लघुवित्त वित्तिय संस्था वेत्रावती नुवाकोट शाखाका शाखा प्रबन्धक भानुभक्त आचार्यले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत प्रतिवेदन अनुसार २०७३ साल फागुन १ गते बाट संचालनमा आएको यस शाखाले १४५२ जना सदस्यमाझमा ९५ लाख १४ हजार बचत संकलन तथा १ करोड १२ लाख कर्जालगानी गरि १ लाख १५ हजार घाटामा  रहेको छ ।
विगत १ वर्षभित्रमा ६ जना सदस्य तथा अभिभावकको मृत्युहुदा रु ५१ हजार सहयोगको साथै ६४ जना सदस्य सुत्केरि हुदा जनही रु दुई हजारको दरले १ लाख २८ हजार रुपैया सहयोग प्रदान गरेको छ । गर्नुको साथै आ.व. २०७४÷०७५ मा ६५ जना सदस्यलाई सिपमुलक तथा आयमुलक तालिम प्रदान गरिएको थियो । कार्यक्रममा विदुर नगरपालिका, बेलकोटगढी न.पा. लिखु, सुर्यगढी, ककनी गाउँपालिकाका ११० जना सदस्यका अभिभावकहरुको सहभागीता रहेको थियो ।

Advertisement

प्रतिक्रिया