भुँडी बोकेकी बाख्रीलाई बलात्कार

विदुर खबर २०७५ भदौ २ गते १३:४७

Advertisement

नयाँदिल्ली , भारत हरियाणाको मेवात क्षेत्रमा गर्भिणी बाख्रामाथि बलात्कार भएको छ । बलात्कारपछि बाख्रा मरेको खबर अन्तर्राष्ट्रिय स्तरमै चर्चामा छ ।

जुलाई २५ मा मेवातमा बाख्रामाथि बलात्कार भएको हो । घटना त्यसको चार दिनपछि मात्रै सार्वजनिक भयो ।मेवात प्रहरी चौकीका प्रवक्ता जितेन्द्र कुमारका अनुसार यो घटनाको सम्बन्धमा उजुरी दर्ता भएको छ । प्रहरीले संविधानको धारा ३७७ तथा एनिमल क्रुएलिटी ऐनअनुसार उजरी दर्ता गरेको छ ।घटना प्रहरीकोमा पुगेपछि बाख्राको पोस्टमार्टम भयो । पोस्टमार्टममा बलात्कार भएको भन्ने पुष्टि भएन । पोस्टमार्टम रिपोर्ट अनुसार आन्तरिक चोटका कारण बाख्रो मरेको छ । यो घटनामा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । प्रहरी पवक्ता जितेन्द्रले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

Advertisement

जनावरसँग गरिने यौन सम्बन्धलाई अंग्रेजीमा बेस्टिएलिटी भनिन्छ । यसको अर्थ अति क्रुर व्यवहार हो ।अक्सफोर्ड डिक्सनेरीका अनुसार, कुनै पनि मानिस र जनावरबिच हुने यौन सम्बन्धलाई बेस्टिएलिटी भनिन्छ ।भारतको नेशनल सेन्टर फर बायोटेक्नोलाजी, एनसिबिआईका अनुसार, कुनै पनि व्यक्तिले जनावरसँग यौन सम्पर्क गर्नु निकै गम्भीर विषय हो, तर जनावरमाथि भएका हिंसाका घटनाको उजुरीमा यस्तो कुरा कमै मात्र आएका छन् ।

हरियाणाको घटनाले सबैलाई आश्चर्यमा पारेको छ । जनावरमाथि बलात्कार भएको यो पहिलो घटना होइन । अमेरिकाको उत्तर–पूर्वी फ्लोरिडामा जनावरमाथि हुने यौन आक्रमणमा सबैभन्दा धेरै बाख्राकै प्रयोग हुने गरेको छ ।१० वर्षको एक युवाले आफ्नो गोठमा रहेका दुई बाच्छीसँग यौन सम्बन्ध कायम गरे । एउटा बाच्छीको पछि मृत्यु भयो । फोरेन्टिक जाँच गर्दा बाच्छीमा मानिसको शुक्राणु भेटियो । पछि ती युवकलाई पछि पक्राउ गरियो, तर उनमा कुनै किसिमको पछुतो थिएन ।

Advertisement

युरोपेली देशहरू नेदरल्याण्ड्स, फ्रान्स, स्वीट्जरल्याण्ड, डेनमार्क, जर्मनीसहितका देशमा यो प्रतिबन्धित छ । बेलायतमा सन् २००३ मा कानुन परिवर्तन गरी आजीवन जेल सजायलाई घटाएर दुई वर्ष बनाइयो । हंगेरी र फिनल्याण्डमा अझै पनि यसलाई अपराध मानिएको छैन । एनसिबीको रिपोर्ट अनुसार यस्तो दुष्कर्ममा त्यस्ता व्यक्ति सामेल हुन्छन्, जसको जीवन असन्तुलित छ ।घरेलु हिंसा र तनावका बिच बाल्यकाल बिताएका, बाल्यकालमा यौन हिंसाको चपेटामा परेका व्यक्ति यस्तो कार्यमा संलग्न हुने खतरा बढी रहन्छ ।यस्तो खालको असामान्य यौन क्रियाकलापलाई प्यारिफिलिया भन्ने गरिएको साइकोलोजिस्टले बताएका छन् ।

प्रतिक्रिया