नेकपा एमाले तारकेश्वर ४ को अध्यक्षमा पौडेल

विदुर खबर २०७८ कार्तिक ७ गते ७:१६

नुवाकोट । नेकपा एमाले तारकेश्व गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा हरिवहादुर पौडेल निर्वाचित भएका छन् ।

Advertisement

शनिवार भएको पहिलो वडा अधिवेशनले पौडेलको नेतृत्वमा ३१ सदस्यीय वडा कमिटि निर्विरोध निर्वाचित गरेको हो ।

कमिटिको उपाध्यक्षमा केशव थापा र सचिवमा मुकुन्द घिमिरे चयन भएका छन् ।

Advertisement

यस्तै सहसचिवमा सविना खनाल र विष्णु तिमलसिना निर्वाचन भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया