नेकपा एमाले विदुर १ को वडाध्यक्षमा अर्जुनप्रसाद पाण्डे निर्विरोध

विदुर खबर २०७८ कार्तिक ६ गते १५:५१

नुवाकोट । नेकपा एमाले विदुर नगरपालिका वडा नम्बर १ को वडा अधिवेशनले अर्जुनप्रसाद पाण्डेको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको छ ।

Advertisement

शनिवार भएको अधिवेशनले अर्जुनप्रसाद पाण्डेको अध्यक्षतामा ३१ सदस्य कमिटी गठन गरेको नेकपा एमाले नुवाकोटका युवा नेता प्रज्वल सापकोटाले जानकारी दिए ।

यस्तै समितिको उपाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा नरेन्द्र अमात्य, सहचविमा महेन्द्र अमात्य र रुपा थापा चयन भएका छन् ।

Advertisement

एमालेको १० औ महाधिवेशन अन्र्तगत कात्तिक ९ गते पालिका अधिवेशन हुने छ । ७५३ वटै स्थानीय तहमा ९ गते नै पालिका अधिवेशन हुनेछ ।

प्रतिक्रिया