एकायन कराते संघ नुवाकोटको अध्यक्षमा होमबहादुर तामाङ चयन

विदुर खबर २०७५ भदौ २ गते ११:४२

Advertisement

नुवाकोट, एकायन कराते संघ नुवाकोटको अध्यक्षमा होमबहादुर तामाङ चयन हुनुभएको छ । संघको शनिबार भएको प्रथम अबिधेशनले तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा नरेश तामाङ र राजु राई, सचिबमा सन्तोष राई, कोषाध्यक्षमा भरत धौलाकोटी रहनुभएको छ । यस्तै, सदस्यहरुमा महेन्द्र कुमार श्रेष्ठ, मछिन्द्र थापा, रामकुमार गिरी, अञ्जु पाण्डे, रमेश दाहाल, प्रकाश डङ्गोल, दिपचन्द्र राई र कृष्णबहादुर राई चयन हुनुभएको छ ।

Advertisement

कार्यक्रममा एकायन कराते संघ नेपालका केन्द्रीय अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति नुवाकोट अध्यक्ष बुद्धि प्रधान लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया