सलाखु खोलाको बाढीले किस्पाङमा वितण्डा मच्चायो

विदुर खबर २०७५ भदौ २ गते ११:१८

किस्पाङ÷ शुक्रबार परेको अविरल बर्षाले किस्पाङ गाउपालिका ३ को वितण्डा मच्चाएको छ ।

सलाखु खोलामा आएको बाढीले करिव १७ रोपनी जग्गा र ३ लाख बराबरको धनमाले नष्ट भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । बढीले कितिलि बगर बस्ने ओम बहादुर तामाङको एककोठे पक्की घर र लत्ताकपडा र खाधान्य गरि २ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । त्यस्तै बाढीले नै कितिलि बगरका कितिलि बगर तामाङ एक लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

खेलामा बाढी आउँदा जितबहादुर तामाङको ८ रोपनी, रुद्रबहादुर तामाङको ३ रोपनी,बस्ने कृष्णबहादुर तामाङको ३ रोपनी, नुर बतासी तामाङको ३ रोपनी खेत खोलाले बगाएर लगेको छ । बाढीले सयमिटर लम्बाई भएको झोलुङ्गे पुल समेत पुर्ण रुपमा क्षेति पुराएको छ ।

प्रतिक्रिया