किस्पाङ बस दुर्घटना : घाइतेको संख्या ५२ पुग्यो
नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकास्थित भुमेस्थानमा भएको बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने घाइते संख्या ५२ पुगेको छ ।
दुर्घटनामा परी घाइते एक जनाको काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले दुर्घटनामा १ जनाको मृत्यु भएको र घाइते संख्या ५२ पुगेको पुष्टि गरे । अध्यक्ष लामाका अनुसार घाइतेमध्ये ७ जनालाई एम्बुलेन्स मार्फत काठमाडौं ल्याइएको र उनीहरुको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

त्यसैगरी अन्य ४ जनालाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याई ग्राण्डी अस्पतालमा उपचार भइरहेको तामाङले बताए । हालसम्म दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ भने घाइते संख्या ५२ पुगेको छ । त्यसैगरी ७ जनालाई एम्बुलेन्समार्फत् काठमाडौं पठाइएको छ र उहाँहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।’ उनले भने, ‘गम्भीर प्रकृतीका अन्य ४ जनालाई हेलिकप्टरमार्फत् काठमाडौं पठाइ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।’

स्थानीय प्रशासनको सक्रियताको कारण समयमा नै उद्दार कार्यमा लागेकाले थप हुनसक्ने क्षति कम गर्न सफल भएको अध्यक्ष लामाको दाबी रहेको छ ।
‘समयमा नै हामी सक्रिय भएर उद्दारमा खटियौँ, जसको कारणले क्षति कम गर्न सकियो ।’ दुर्घटनापश्चात नेपाल प्रहरी, स्थानीय प्रशासन र स्थानीयको सक्रियतामा घाइतेहरुको उद्दार थालिएको थियो ।

सोमबार बिहान किस्पाङको भाल्चेबाट काठमाडौंका लागि छुटेको बा ४ ख ५७६२ नं को बस भुमेस्थानमा दुर्घटना भएको हो । बसको ब्रेक फेल भएर दुर्घटना हुन पुगेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने





प्रतिक्रिया