किस्पाङ बस दुर्घटना : घाइतेको संख्या ५२ पुग्यो

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकास्थित भुमेस्थानमा भएको बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने घाइते संख्या ५२ पुगेको छ ।
दुर्घटनामा परी घाइते एक जनाको काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले दुर्घटनामा १ जनाको मृत्यु भएको र घाइते संख्या ५२ पुगेको पुष्टि गरे । अध्यक्ष लामाका अनुसार घाइतेमध्ये ७ जनालाई एम्बुलेन्स मार्फत काठमाडौं ल्याइएको र उनीहरुको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

त्यसैगरी अन्य ४ जनालाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याई ग्राण्डी अस्पतालमा उपचार भइरहेको तामाङले बताए । हालसम्म दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ भने घाइते संख्या ५२ पुगेको छ । त्यसैगरी ७ जनालाई एम्बुलेन्समार्फत् काठमाडौं पठाइएको छ र उहाँहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।’ उनले भने, ‘गम्भीर प्रकृतीका अन्य ४ जनालाई हेलिकप्टरमार्फत् काठमाडौं पठाइ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।’

स्थानीय प्रशासनको सक्रियताको कारण समयमा नै उद्दार कार्यमा लागेकाले थप हुनसक्ने क्षति कम गर्न सफल भएको अध्यक्ष लामाको दाबी रहेको छ ।
‘समयमा नै हामी सक्रिय भएर उद्दारमा खटियौँ, जसको कारणले क्षति कम गर्न सकियो ।’ दुर्घटनापश्चात नेपाल प्रहरी, स्थानीय प्रशासन र स्थानीयको सक्रियतामा घाइतेहरुको उद्दार थालिएको थियो ।

सोमबार बिहान किस्पाङको भाल्चेबाट काठमाडौंका लागि छुटेको बा ४ ख ५७६२ नं को बस भुमेस्थानमा दुर्घटना भएको हो । बसको ब्रेक फेल भएर दुर्घटना हुन पुगेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया