बेलकोटगढीको कासिटारमा एक पुरुष मृत अवस्थामा भेटिए
विदुर खबर
२०७८ कार्तिक १ गते ८:४७
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ८ कासिटारमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

खेतमा मृत अवस्थामा भेटिएका उनको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । आईतवार दिउँसो १ बजेतिर जिलिङका स्थानियले खेतमा सडेको अवस्थामा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
कासिटारस्थित सडक नजिक धान खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

उनको शवलाई प्रहरीले त्रिशुली अस्पताल लगेर आफन्तको खोजी गरिरहेको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने





प्रतिक्रिया