त्रिभुवन त्रिशूली माविले सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन गर्न दशैं महोत्सव आयोजना गर्ने

विदुर खबर २०७५ भदौ २ गते ९:१९

नुवाकोट,  नुवाकोटको सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयले सिभिल इन्जिनियररिङ कक्षा सञ्चालनको लागि दशैं महोत्सव आयोजना गर्ने भएको छ ।
विद्यालयले शुरु गर्न लागेको सिभिलि इन्जिनियरिङ विषयको पठनपाठन सञ्चालन गर्न आवश्यक रकम जुटाउन महोत्सव आयोजना गर्न लागेको विद्यालय व्यवस्थापन समतिका अध्यक्ष नविन्द्रमान प्रधानले बताउनुभएको छ । सिभिल इन्जिनियरिङको पढाई सञ्चालन गर्न तीन वर्षमा ४५ लाख खर्च हुने र पहिलो वर्ष १५ लाख खर्च हुने भएकोले रकम जुटाउन सहज बनाउन दशैं महोत्सव सञ्चालन गर्न लागेको उहाँले बताउनुभएको छ
आज विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा आगामी दशैंमा आयोजना गर्ने महोत्सवबाट विद्यालयको उद्देश्य पुरा हुने बताइएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य कूलबहादुर खड्गीले जिल्लामा नयाँ विषयको पठनपाठन गराउनको लागि महोत्सव आयोजना गर्न लागिएकोले जिल्लाका सरोकारवालाहरुले साथ दिन आग्रह गर्नु गर्नुभएको छ।
बिस २००७ सालमा स्थापना भएको तत्कालिन पश्चिम १ नंम्बर नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय त्रिभुवन त्रिशूली माविमा यसै शैक्षिक सत्रदेखि तीन वर्षे सिभिल इन्जिनियरिङको स्नातक तहको पठनपाठन शुरु हुन लागेको हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद(सिटिइभिटी)ले तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ विषयको कक्षा सञ्चालन गर्न अनुमति दिइसकेकोले यसै वर्षदेखि पढाई शुरु गरिएको विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष नविन्द्रमान प्रधानले बताउनुभएको छ ।
यस्तै, एक शैक्षिक सत्रमा ४८ जना विद्यार्थीले पढ्न पाउने भएका छन् । इन्जिनियरिङ विषय पढ्नको लागि विगतमा राजधानी काठमाडौं, चितवनतिर विद्यार्थी जानु पर्नेमा जिल्लामै सञ्चालन भएपछि सहज भएको छ । सिभिल इन्जिनियर कक्षाको पठन पाठनले अन्य विद्यार्थीलाई असर नहोस् भनेर छुट्टै ब्लक निर्माण गरि पढाई सञ्चालनको तयारी भईरहेको विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष प्रधानले बताउनुभएको छ ।
सिभिल इन्जिनियरिङको लागि आवश्यक प्रयोगशाला कक्षा, कम्प्युटर कक्षा लगायतका भौतिक पूर्वाधारहरु तयार पारिसेकेको विद्यालयका शिक्षक राजेन्द्र दवाडीले जानकारी दिनुभएको छ । कक्षा ११ र १२ मा विज्ञान विषयको पठनपाठन सञ्चालन गरेर जिल्लाका विद्यार्थीलाई विज्ञान अध्ययन गर्ने अवसर दिएको विद्यालयले अब सिभिल इन्जिनियरिङ विषयको पढाई समेत सञ्चालन गरेर सिभिल इन्जिनियरिङ अध्ययन गर्ने चाहनेले जिल्ला बाहिर जान नपर्ने भएको विद्यालयमा प्रधानाध्यापक महेन्द्र रावतले बताउनुभएको छ ।

प्रतिक्रिया