नुवाकोटमा फुलपाती भित्राइयो

विदुर खबर २०७८ असोज २६ गते २१:२३

नुवाकोट । नुवाकोटको धार्मिक तथा ऐतिहासिक तुलजा भवानी मन्दिरमा बाजागाजाका साथ फुलपाती भित्राइएको छ ।

Advertisement

विदुर नगरपालिका वडा नम्बर २ मा रहेको तुलजा भवानी मन्दिरमा सरकारी कर्मचारीको उपस्थिति र नेपाली सेनाको सलामीका साथ बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फुलपाती विशेष कार्यक्रमका साथ भित्राइएको हो । नुवाकोटको फुलपाती भित्राउने परम्परा मल्लकालदेखि नै सञ्चालन भएको मानिन्छ ।

वि.स. १८०१ साल असोज १५ गते तेश्रो प्रयासमा पृथ्वीनारायण शाहले नुवाकोट विजय प्राप्त गरेपछि झनै महत्व बढेर गएको सरकारका प्रतिनिधि द्वारे महेन्द्र शाहिले बताए । फुलपाती भित्राउने परम्परा गोरखा र हनुमानढोकामा जति महत्वपूर्ण रहेको छ, नुवाकोटको पनि उत्तिकै महत्व रहेको उनको भनाई छ ।आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घर–घरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइएको छ ।

Advertisement

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइएको हो । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले  जानकारी दिए ।

सरकारी प्रतिनिधि सहितका सर्वसाधारणले साततले दरबार राष्ट्रिय संग्रहालयमा भेला भएर फुलपाती जात्रासहित भित्राएका हुन् ।
केहि संख्यामा उपस्थित सेना, प्रहरी र वडाका प्रतिनिधिलगायत साततले दरबार परिसरबाट ¥यालीसहित निस्केर फुलपाती लिन अशोकबाटिका स्थित धोवीधाराको चौतारामा पुगेर संकलित फुलपाती लिएर तुलजा भवानीमा बाजागाजाका साथ भित्राइएको हो ।

Advertisement

प्रतिक्रिया