नुवाकोट युनाइटेड फुटवल क्लब सि डिभिजन नजिक

विदुर खबर २०७८ असोज २३ गते १८:३१
फाईल फोटो ।

नुवाकोट । नुवाकोटको नुवाकोट युनाइटेड फुटवल क्लब सि डिभिजन छनोटको नजिक पुगेको छ ।

Advertisement

शनिवार भएको सेमिफाइनलमा भत्तपुरको सत्य संसार रिले फुटबल क्लबलाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै नुवाकोट युनाइटेड फुटवल क्लब सि डिभिजन छनोटको नजिक पुगेको हो ।

निर्धारित समयमा दुबै टोलीले समान एक÷एक गोल गरेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा नुवाकोटका ४ खेलाडीले गोले गर्दा एकजनाको प्रहार विपक्षी टोलीको गोलकिपरले विफल पारेका थिए ।

Advertisement

खेलमा उत्कृष्ट प्रर्दशन गरेका नुवाकोट युनाइटेड फुटवल क्लबका बिक्की तामाङ म्यान अफदि म्याच घोषित भए ।

प्रतिक्रिया