बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट

विदुर खबर २०७८ असोज २२ गते २१:४६

नुवाकोट । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

Advertisement

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

सो आईपीओमा कुल २० लाख ३० हजार ९५५ जनाले कुल २ करोड ४४ लाख ३७० कित्ता शेयरका लागि आवेदन गरेका थिए। जसमध्ये १६ हजार ३३ जनाको आवेदन अस्वीकृत भएको क्यापिटलले जनाएको छ। बाँकी स्वीकृत भएका २० लाख १४ हजार ९२२ जनामा गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गरिएको हो।

Advertisement

स्वीकृत आवेदनहरुमध्ये भाग्यमानी ७४ हजार ४०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी आवेदकहरुको हात खाली रहेको छ।

प्रतिक्रिया