लिखुको चौघडामा एक व्यक्तिद्धारा आफ्नै श्रीमतको हत्या

विदुर खबर २०७८ असोज २१ गते २०:०८
सूचक फोटो

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ चौघडामा एक व्यक्तिले आफ्ुनै श्रीमतीको खुकुरी प्रहार गरि हत्या गरेका छन् ।

Advertisement

लिखु गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षिय राकमुमार राईले आफ्नै श्रीमति वर्ष ३२ की शुशिला राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

खुकुरी प्रहार गरि गम्भीर घाइते भएकी शुशिलालाई उपचारको लागि त्रिशुली अस्पताल ल्याइएको थियो । तर अस्पतालमा पुग्ने वित्तिकै उनलाई अस्पतालका चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी हरिवहादुर ओलीले जानकारी दिए ।

Advertisement

घरायसी झगडाको कारण श्रीमतीलाई खुकुरी प्रहार गरिएको प्रहरी समक्ष उनले प्रारम्भीक बयानमा बताएका छन् । मृतकको शव पोष्टमार्टम हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।


घटनाको विषयमा थप अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया