सभापतिमा उम्मेदवारी दिने प्रकाशमानको घोषणा
नुवाकोट । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औं महाधिवेशनमा आफू केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ ।
कांग्रेस नागार्जुन नगरसमितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले कांग्रेसको आसन्न १४औं महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने बताउनुभएको हो ।
विसं २०७२ मा भएको पार्टी १३औं महाधिवेशनमा आफू सभापतिमा नउठेर नेताद्वय रामचन्द्र पौडेल र शशांक कोइरालालाई सभापति र महामन्त्रीमा सघाएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो– ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ? के हामी सधैं अरूको झोला मात्रै बोकेर हिँड्नुपर्ने ?’
उहाँले नेता पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखापरेको धारणा व्यक्त गर्दै नेताहरुले कार्यकर्ताको अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभयो । नेता सिंहले पार्टीमा गुट–उपगुटको अन्त्य गरी संस्थागत गर्नुपर्ने बताउँदै १४औं महाधिवेशनपछि जनताले खोजेजस्तो कांग्रेस बन्ने विश्वास व्यक्त गर्नुभयो ।
आफूलाई नेता तथा कार्यकर्ताले सभापतिका लागि अगाडि बढ्न सुझाव दिएको बताउँदै उहाँले आफूलाई सभापतिमा सहयोग गर्न आग्रहसमेत गर्नुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटमा बैंकर्स क्लब गठन
१० केजी गाँजासहित एक जना पक्राउ
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान





प्रतिक्रिया