बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा २३ प्रतिशत बढायो
नुवाकोट । बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढेको छ ।

भौतिक पूर्वाधार तथा विकास मन्त्रालय बागमती प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा समायोजन गरेको हो ।
संघीय सरकाले असार २९ गतेदेखि लागू हुने गरेर अन्तरप्रदेश (राष्ट्रिय राजमार्गमा चल्ने सार्वजनिक सवारीको) भाडा २८ प्रतिशतले समायोजन गरेको थियो । अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर बढेपछि बागमती प्रदेश भित्र चल्ने सवारीको भाडा बढेको थिएन ।
उपत्यका भित्र चल्ने सार्वजनिक सवारीको हकमा ५ किलोमिटरसम्म १८ रुपैयाँ, १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० र २० किलोमिटरभन्दा बढीको भाडादर ३५ रुपैयाँ कायम भएको मन्त्रालयले जानकारी दिएको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा बागमती प्रदेशका यातायात मन्त्री केशवराज पाण्डेलाई नै भेटेर भाडा समायोजन गर्न दबाब दिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया