नुवाकोट क्यानको दोस्रो साधारणसभा सम्पन्न

नुवाकोट । कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा नुवाकोटको दोस्रो वार्षिक साधारणसभा सोमबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

समारोहमामा बोल्दै प्रमुख अथिति कम्प्युटर एसोसिएसन नेपाल महासंघका केन्द्रीय सचिव शेखरनाथ दुलालले नुवाकोट जिल्लाका १२ वटै स्थानीय तह, जिल्लास्थित उद्योगी व्यवसायीहरुको छाता संगठन र पत्रकार महासंघसँग समन्वय गरी समग्र जिल्लाको सूचना प्रविधि क्षेत्रको विकास गर्ने लक्ष्य अनुरुप नुवाकोटलाई सशक्त रुपमा अघि बढ्न सुझाव दिए । सूचना प्रविधि क्षेत्रमा आबद्ध रहेका संघ संस्था र व्यक्तिहरुको आवाजलाई बुलन्द पार्न क्यान महासंघ सदा कटिबद्ध रहेको बताए ।
कार्यक्रममा क्यान महासंघका केन्द्रीय सदस्य भानुभक्त शर्माले अहिलेको युग सूचना प्रविधि युग भएकोले क्यानसँग आबद्धता रहेका र सूचना प्रविधिलाई नै आधार मानेर कार्य गर्दै आईरहेका संघ संस्था, व्यक्ति समाजको नेतृत्व गर्ने पक्षको रुपमा रहेको बताए । कार्यक्रममा क्यान महासंघका केन्द्रीय सदस्य प्रभात श्रेष्ठले क्यान महासंघ नुवाकोट जिल्ला शाखाले सूचना प्रविधि र शिक्षालाई मात्र नभई गाउँका चुलोसम्मलाई पनि स्मार्ट अवधारणमा समेट्न आग्रह गरे ।
साथै छोटो समयमै सदस्य विस्तारलाई कार्यन्वयन गरेकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रममा क्यान महासंघ नुवाकोटका अध्यक्ष पवन नेपालले सूचना प्रविधिको अवधारणा ल्याउन तथा सूचना तथा सञ्चार प्रविधिको विकासमा क्यानको महत्वूर्ण भूमिकालाई आगामी दिनमा अझ सक्रिय बनाईने बताए ।
कार्यक्रममा क्यान महासंघ धादिङका अध्यक्ष तिलक सिम्खडा र क्यान महासंघ रसुवाका अध्यक्ष राजेन्द्र प्याकुरेल प्याकुरेलले सूचना प्रविधि क्षेत्रको विकासको लागि क्यान महासंघले दिगोपनको अग्रणी भूमिका निर्वाह गर्न जोड दिए । त्यस्तै साधारणसभामा सचिव नारायण कुमारघलेले कम्प्युटर विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा संलग्न सबैलाई एउटै छातामुनी ल्याउनुपर्ने प्रमुख दायित्व कार्य योजनालाई आगामी दिनमा कार्यन्वयन गरिने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया