नुवाकोटका ३ युवक रेडपान्डाको छालासहित काठमाडौंको टोखाबाट पक्राउ
विदुर खबर
२०७५ साउन ३१ गते १४:५०

नुवाकोट, नुवाकोटका ३ युवक रेडपान्डाको छालासहित काठमाडौंको टोखाबाट पक्राउ परेका छन ।
पक्राउ पर्नेमा तादी गाउँपालिका २ स्थायी घर भई टोखा बस्ने रामान तामाङ, मनमैजु बस्ने राज कुमार तामाङ र प्रेम बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई महानगरिय प्रहरी प्रभागका प्रहरी निरीक्षक मोहन विक्रम केसी नेतृत्वको टोलीले पक्राउ गरेको हो ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया