किसानमारा नेतालाई कृषि मन्त्रालय नै ‘पुरस्कार’
नुवाकोट । नुवाकोटबाट एमाले नेता तथा प्रदेश सांसद बद्री मैनालीले आफ्नै पार्टीको सरकार हुँदा ढुकुटीबाट ११ करोड ५ लाख अनुदान लिएर शीतभण्डार गृह बनाए ।
डेढ वर्षदेखि सञ्चालनमा रहेको यो शीतभण्डारले स्थानीय किसानलाई ५० प्रतिशत छुट दिने भनेको थियो । तर, उल्टै नीजिले भन्दा बढी शुल्क असुलिरहेका छ ।
देश र किसानकै दुर्भाग्य! किसानमारा मैनाली नै वागमती सरकारमा १८ दिनअघि भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बनेका छन् ।
आफ्नै पार्टी एमाले नेतृत्वको सरकार रहेको बेला मैनाली आफू प्रबन्धक रहेको नुवाकोट शीतभण्डार प्रालिलाई अनुदान दिलाउन सफल भएका थिए । पाँच वर्षसम्म आयोजना क्षेत्रका किसानलाई ५० प्रतिशत छुट दिने प्रस्ताव गरेका थिए ।
त्यस्तै, जिल्लाभित्रका किसानलाई ४० प्रतिशत र जिल्लाबाहिरका किसानलाई २५ प्रतिशत सहुलियत दिने उनको प्रस्ताव थियो । त्यसकै आधारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले उनको कम्पनीसँग २४ असार ०७५ मा १० करोड ५० लाखको अनुदान सम्झौता गरेको थियो ।
त्यसको एकवर्षपछि उनले अनुदान परियोजनामा लिनै नपाइने मूल्य अभिवृद्धि कर (भ्याट) ओभरहेड र कन्टिन्जेन्सीबापत भनेर थप ५५ लाख ५९ हजार पनि लिए । यो रकम नियमविपरित शक्तिको आडमा लिएको परियोजनाकै अधिकारीहरु बताउँछन् ।
सम्झौताअनुसार कम्पनीले थप आठ करोड २८ लाख व्यहोरेर २३ असार ०७७ मा नुवाकोट विदुर नगरपालिका २ गंगटेमा ६ हजार मेट्रिक टन (६० लाख किलो) क्षमताको शीतभण्डार तयार गर्यो । डे
ढ वर्षदेखि सञ्चालनमै आएको शीतभण्डारले नुवाकोटकै बेलकोटगढी र लिखु गाउापालिकामा सञ्चालित निजी शीतभण्डारले भन्दा बोरामै ५० रुपैयाँ बढी शुल्क तोकेको मात्रै छैन, दिने भनेको ५० प्रतिशत छुट पनि नदिएको समाचार आजको नयाँ पत्रिका दैनिकमा उल्लेख छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया