नगर सभापतिमा मेराे जित निश्चित भइसक्याे : रिमाल

विदुर खबर २०७८ असोज ९ गते ८:३९

नुवाकोट । नेपाली कांग्रेसको विदुर नगरपालिकाको नगर सभापतिमा आफ्नो जित निश्चित भइसकेको नगर सभापतिका उम्मेदवार बद्री रिमालले बताएका छन् ।

Advertisement

विदुर खबरसँग कुरा गर्दै रिमालले आफुलाई जिल्लाका सबै हस्तीहरुले सर्मथन गरेको भन्दै आफ्नो जित निश्चित भएको बताएका हुन् ।

उनले आफुलाई पुर्व अर्थमन्त्रि तथा कांग्रेसका केन्द्रिय सदस्य डा.रामशरण महत, सह महामन्त्रि डा. प्रकाशशरण महत, कांग्रेसकै केन्द्रिय सदस्य तथा सांसद बहादुर सिह लामा , नुवाकोटका पुर्व जिल्ला सभापति धुर्ब अधिकारी, युवा नेता रमेश महत, तारावहादुर कार्की, नेतृ गिता अमात्य तथा कांग्रेसबाट निर्वाचित सबै वडाका वडाअध्यक्षहरुको साथ पाएकोले आफ्नो जित निश्चत भएको बताए ।

Advertisement

नेपाली कांग्रेसको १४ औ महाधिवे्शन अन्र्तगत सबै वडाबाट आएका प्रतिनिधिहरु अधिकांश युवाहरु रहेको भन्दै रिमालले आफुले जितिसकेको बताए ।

विदुर नगरपालिकामा रहेका १३ ओटा वडामध्ये धेरै मतभार रहेका वडाहरु वडा नम्बर ५, वडा नम्बर ६ तथा वडा नम्बर ३ र वडा नम्बर ४ मा महत लामा समुहकै पदाधिकारी रहेकाले पनि रिमाल हौसिएका हुन् ।

Advertisement

विदुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तथा कांग्रेसको वडा नम्बर ३ को इकाइ सभापति समेत रहेका रिमालले नगरसभापतिको प्रतिष्पर्धीको रुपमा हरिलाल श्रेष्ठ पाएका छन् ।

हरिलाल श्रेष्ठलाई केसी समुहको साथ छ । पछिल्लो समय नुवाकोटमा देउवा र महत समुहको प्रभाव बढेकोले विदुर नगरपालिकामा मात्रै नभइ जिल्लामा नै केसी समुह कमजोर बन्ने कांग्रेसकै नेताहरुले बताउने गरेका छन् ।

विदुर नगर सभापतिका उम्मेदवार रिमाल र श्रेष्ठ ।

प्रतिक्रिया