कांग्रेस महाधिवेशन : विदुर नगरसभापतिमा उम्मेदवारकाे टुङ्गाे लागेन

नुवाकाेट । नेपाली कांग्रेसकाे १४ औ महािधवेशन अन्तर्गत गाउँ नगरपालिकाकाे अधिवेशनकाे ठिक एकदिन अगाडी पनि विदुर नगरपालिकामा उम्मेदवारकाे टुङ्गाे लागेकाे छैन ।

नगर सभापतिकाे लागि झन्डै एकदजर्न भन्दा बढीले दाबी गरेपनि नगरसभापतिकाे लागि उम्मेदवारकाे टुङ्गाे अझै लाग्न नसकेकाे हाे । नगरसभापतिकाे लागि विदुर नगरपािलकामा महत र केसी पक्षले छुट्टाछुट्टै उम्मेदवार खडा गर्ने भएका छन् ।
सभापतिकाे लागि महत र वहादुरिसंह लामा पक्षबाट विदुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बद्री रिमाल, नुवाकाेट उद्याेग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की र नुवाकाेट उद्याेग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष गिता अमात्यले दावेदारी प्रस्तुत गरिरहेका छन् ।
यस्तै केसी पक्षबाट हरिलाल श्रेष्ठ, शंकर पाण्डे र प्रदिप कुमार सेढाइ मैदानमा देखिएका छन् । अरू नगरपालिकामा र गाउँपालिकामा उम्मेदवारकाे टुङ्गाे लागिसके पनि विवादकाे कारण विदुर नगरसभापतिकाे उम्मेदवारकाे भने टुङ्गाे लाग्न नसकेकाे हाे ।

सभापतिकाे उम्मेदवार टुङ्गाउन अहिले महत र लामा पक्ष तथा केसी पक्ष आन्तिरक छलफलमा जुटेका छन् ।
गुट परिवर्तन गर्ने बढे
यसैबिच नेपाली कांग्रेस नुवाकाेटकाे गाउँ र नगरअधिवेशन नजिकिएसँगै उम्मेदवारका आकांक्षीहरूले गुट परिवर्तन गर्न थालेका छन् ।
आफ्नाे गुटमा सम्मानजनक पद नदिएकाे भन्दै गुट परिवर्तन गर्नेकाे संख्या बढेकाे हाे । गुट परितर्वनको क्रम चलेसँगै चुनावी परिणाममा त्यसले प्रभाव पार्ने भएकोले पनि आफ्नो समुहका नेता तथा कार्यकर्ता जोगाउन समेत दुबै समुह सकृय भएर लागेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया