नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ९१ पुग्यो

विदुर खबर २०७८ असोज ६ गते ९:१४

Advertisement

नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा ५ जना कोरोनामुत्त भएसँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ९१ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा जिल्लामा एक जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ हजार एकसय ६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ११ जना कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त हुनेको संख्या ७ हजार ९ सय ६८ पुगेको छ ।

Advertisement

जिल्लामा हालसम्म ४७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

हालसम्म जिल्लामा २७ हजार ३ सय ८९ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया