देशको राजधानी सबैको पायक पर्ने ठाउँमा हुनुपर्छ : मुख्यमन्त्रि शाक्य

विदुर खबर २०७८ असोज ६ गते ६:४८

नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशभरका जनताका लागि पायक पर्ने गरी सङ्घीय राजधानी बनाउनुपर्ने बताएकी छिन् ।

Advertisement

जिल्ला समन्वय समिति चितवनको पाँचौँ जिल्ला सभालाई यहाँ सम्बोधन गर्दै उनले मकवानपुर र चितवनलाई जोडेर सङ्घीय राजधानी र प्रदेशको राजधानी काठमाडौँ बनाउनुपर्ने बताएकी हुन ।

सङ्घीय राजधानी काठमाडौँ अव्यवस्थित बनेको भन्दै उहाँले यहाँका दुई जिल्ला जोडेर व्यवस्थित राजधानी बनाउन सकिनेमा जोड दिइन् ।

Advertisement

काठमाडौँ प्रदेशको राजधानी हुँदा यहाँका जिल्लालाई पायक पर्ने उनको भनाइ रहेको थियो । चितवनमा विकासको प्रचुर सम्भावना रहेको भन्दै उनले व्यवस्थित सहर बनाउन सुझाव दिइन ।

मुख्यमन्त्री शाक्यले कोभिडको तेस्रो लहर आउन सक्ने भन्दै यसका विरुद्ध लड्नका लागि सरकारी संयन्त्र तयार रहेको समेत बताए ।

Advertisement

प्रतिक्रिया