गाई काटेको अभियोगमा १० जना पक्राउ
नुवाकोट । मकवानपुरको बकैया गाउँपालिकामा गाई काटेको अभियोगमा १० जना पक्राउ परेका छन् ।
आईतबार बकैया गाउँपालिकाको वडा नंबर ११ स्वबिमा गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई ५० केजी गाईको मासु सहित फेला पारी १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा बकैया-११ कालिदमार बस्ने बर्ष ३८ को जनक बहादुर लो,सोहि स्थानका ३५ वर्षीय राज लो,४० वर्षीय रबिन्द्र लो,सिमाटार बस्ने ४५ वर्षीय राज कुमार घलान,४८ वर्षीय प्रलाद भक्त न्यासुर,च्याउ च्याउ बस्ने १९ वर्षीय सोमार भोलन,५० वर्षीया सन्च माया भोलन,१६ वर्षीय सन्देश बिक, ४० वर्षीय सुन बहादुर तामाङ, ३६ वर्षीय फुल माया थिङ रहेका छन् ।
उनिहरुलाई जिल्ला प्रहरी कार्यलय मकवानपुर र ईलाका प्रहरी कार्यलय फापरबारीबाट ११ जनाको प्रहरी टोलीले आईतबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिए ।
घटनाको आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन
तारकेश्वर गाउँपालिकाका विद्यालय खुल्यो
संसदीय दलको नेता चयन गर्न मापदण्ड बनाउनुपर्छ : केसी





प्रतिक्रिया