नुवाकोटमा रहेको पृथ्वीनारायण शाहकाे शेरा दरबार विप्लबकाे कब्जामा

विदुर खबर २०७५ साउन ३१ गते ३:४४

Advertisement

नुवाकोट, पृथ्वीनारायण शाहले गर्मी महिनाका लागि भनेर बनाएकाे एेतिहासिक शेरा दरबार बेहाल अबस्थामा छ । नुवाकाेटकाे शेरावेसीमा रहेकाे याे दरवार भग्न अबस्थामा रहेकाे छ । पृथ्वीनारायण शाहको समयमा राजा जाडो महिनामा नुवाकोट डाँडामा रहेकाे दरबार र गर्मी महिनामा तादी किनारमा रहेको  शेरा बेसी दरबारमा बस्ने गर्दथे । पृथ्वीनारायण शाहको मृत्यु भइसके पछि पनि कर्कप्याट्रिक नुवाकोटको भ्रमणमा जादा पनि बहादुर शाहसंग यसै दरबारमा भेट गरेका थिए । बि.सं. १८९७-९८ तिर राजा राजेन्द्र तथा रानी साम्राज्य लक्ष्मी नुवाकोटमा भ्रमणमा जाँदा पनि यसै दरबारमा बसेका थिए ।

बि.सं. १९०३ मा यस शेरा बेसी दरबार भत्कियाे । दरबार भत्किएपछि भग्नावशेषमा परिणत भयाे । त्यसको धेरै वर्ष पछि जुद्धशम्शेर नुवाकोट भ्रमणमा जाँदा उनले भग्नावशेष दरबार बारेमा बुझ्न खोजे । श्री ३ जुद्धले  राजा पृथ्वीनारायण शाहको गृष्मकालिन दरबारको भग्नावशेष हो भनेर जानकारी पाएपछि  तत्कालै पुरानो दरबार जस्तै दरबार बनाउनु भनेर आदेश दिए ।  तर त्यसबेला पुरानो दरबार देख्ने कोही नभेटेको र पुरानो दरबारको कुनै चित्र पनि नभएकाेले शेराफाँटकाे भव्यता तथा दरबार परिसरबाट माेहित भएका जुद्धले अाफ्नै अनुमानमा दरबार बनाए ।

Advertisement

तर दरबार बनाउदा सोही पुरानो दरबारक्रो भग्नाबशेषमा रहेको इटाहरूको उपयोग गरिएको थियो । दरबार तयार भएपछि यस दरबारको नाम शेरा दरबार भनेर राखियो । तर पनि सुरक्षा, सम्बर्धन तथा  बेवास्ताले गर्दा हाल यो दरबार भग्नावशेषमा परिणत भएको छ ।

याे दरबारपछि शाह वंशको सम्पतीको रूपमा नै रह्याे ।  यस दरबार पछिल्लो समय हेलन शाहको नाममा आएको थियो । हेलन शाहबाट १८१ रोपनीको यस दरबार र यसले चर्चेको जग्गा भूमाफियाको नाममा सारी अन्नपूर्ण फार्मिङ प्रा.लि. को नाममा  अाएकाे देखिन्छ । अहिले याे दरबार तथा जग्गा माओवादी बिप्लव समुहले कब्जा गरेर राखेकाे छ ।

Advertisement

प्रतिक्रिया