नुवाकोटमा रहेको पृथ्वीनारायण शाहकाे शेरा दरबार विप्लबकाे कब्जामा

नुवाकोट, पृथ्वीनारायण शाहले गर्मी महिनाका लागि भनेर बनाएकाे एेतिहासिक शेरा दरबार बेहाल अबस्थामा छ । नुवाकाेटकाे शेरावेसीमा रहेकाे याे दरवार भग्न अबस्थामा रहेकाे छ । पृथ्वीनारायण शाहको समयमा राजा जाडो महिनामा नुवाकोट डाँडामा रहेकाे दरबार र गर्मी महिनामा तादी किनारमा रहेको शेरा बेसी दरबारमा बस्ने गर्दथे । पृथ्वीनारायण शाहको मृत्यु भइसके पछि पनि कर्कप्याट्रिक नुवाकोटको भ्रमणमा जादा पनि बहादुर शाहसंग यसै दरबारमा भेट गरेका थिए । बि.सं. १८९७-९८ तिर राजा राजेन्द्र तथा रानी साम्राज्य लक्ष्मी नुवाकोटमा भ्रमणमा जाँदा पनि यसै दरबारमा बसेका थिए ।
बि.सं. १९०३ मा यस शेरा बेसी दरबार भत्कियाे । दरबार भत्किएपछि भग्नावशेषमा परिणत भयाे । त्यसको धेरै वर्ष पछि जुद्धशम्शेर नुवाकोट भ्रमणमा जाँदा उनले भग्नावशेष दरबार बारेमा बुझ्न खोजे । श्री ३ जुद्धले राजा पृथ्वीनारायण शाहको गृष्मकालिन दरबारको भग्नावशेष हो भनेर जानकारी पाएपछि तत्कालै पुरानो दरबार जस्तै दरबार बनाउनु भनेर आदेश दिए । तर त्यसबेला पुरानो दरबार देख्ने कोही नभेटेको र पुरानो दरबारको कुनै चित्र पनि नभएकाेले शेराफाँटकाे भव्यता तथा दरबार परिसरबाट माेहित भएका जुद्धले अाफ्नै अनुमानमा दरबार बनाए ।
तर दरबार बनाउदा सोही पुरानो दरबारक्रो भग्नाबशेषमा रहेको इटाहरूको उपयोग गरिएको थियो । दरबार तयार भएपछि यस दरबारको नाम शेरा दरबार भनेर राखियो । तर पनि सुरक्षा, सम्बर्धन तथा बेवास्ताले गर्दा हाल यो दरबार भग्नावशेषमा परिणत भएको छ ।
याे दरबारपछि शाह वंशको सम्पतीको रूपमा नै रह्याे । यस दरबार पछिल्लो समय हेलन शाहको नाममा आएको थियो । हेलन शाहबाट १८१ रोपनीको यस दरबार र यसले चर्चेको जग्गा भूमाफियाको नाममा सारी अन्नपूर्ण फार्मिङ प्रा.लि. को नाममा अाएकाे देखिन्छ । अहिले याे दरबार तथा जग्गा माओवादी बिप्लव समुहले कब्जा गरेर राखेकाे छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया