बुद्धभुमि हाइड्रोपावरको आइपीओकाे नतिजा विदुर खबरमा

विदुर खबर २०७८ भदौ ३१ गते १७:०९

नुवाकोट । बुद्धभुमि हाइड्रोपावर कम्पनि लिमिटेडले आयोजना प्रभावित नुवाकोटका स्थानियलाई जारी गरेको सेयर बाँडफाँड गरिएकाे छ ।

Advertisement

यो कम्पनीको आईपीओ  बिहीवार दिउँसाे धितोपत्र बिक्री प्रबन्धक बिक्रि प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडको  कार्यालयमा भएको थियो। आईपीओ नतिजा सीडीएससीको https://iporesult.cdsc.com.np/, सम्बन्धित धितोपत्र बिक्री प्रबन्धक तथा कम्पनीको वेबसाइटमा केही घन्टापछि हेर्न सकिनेछ।

यस्तै नुवाकाेटकाे विदुरबाट संचालन भएकाे विदुर खबरबाट पनि आइपीओ नतिजा थाहा पाउन सकिन्छ । नतिजा विदुरखबरकाे फेसबुक पेज  https://www.facebook.com/bidurkhabar बाट थाहा पाउन सकिन्छ ।

Advertisement

कम्पनीले गत साउन ३२  गतेदेखि भदाै १५  गतेसम्म एकसय रुपैयाँ अंकित मुल्यमा  आयोजना प्रभाबित जिल्लाका स्थानियलाइ  ४ लाख कित्ता सेयर जारी गरेकाे थियाे ।

विक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसा ४० हजार जनालाई समान १० कित्ताको लागि सेयर बाँडफाँड गरिएको छ ।

Advertisement

आयोजनाले प्रभावित नुवाकोटका स्थानियवासीलाई जारी गरेको सेयरमा ४९ हजार ३ सय १० जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये करिव ९ हजार जनाको हात खाली भएको छ । कम्पनीको आईपीओमा २८ करोड १९ लाख ६० हजार ५ सय बराबरको आवेदन परेको थियो ।

कम्पनीले नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

 

प्रतिक्रिया