त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयमा अब ईन्जिनियरिङ्ग पढ्न पाइने

विदुर खबर २०७५ साउन ३१ गते १:३०
फाईल फोटो ।

Advertisement

नुवाकोट र रसुवाको पहिलो विद्यालय त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय त्रिशुली बजारमा तिन बर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग विषयको कक्षा यसै शैक्षिक सत्रदेखि शुरु हुने भएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको सम्वन्धनमा नुवाकोटमा पहिलो पटक तिन बर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग विषयमा त्रिशुली मा.वि ले कक्षा संचालन गर्न लागेको छ । यसै शैक्षिक सत्रमा अध्यापन शुरु गर्न विद्यालय व्यवस्थापन समितीको मंगलबार बैठक बसी आवश्यक तयारीमा जुटेका छ । एक शैक्षिक सत्रमा डिप्लोमा ईन सिभिल इन्जिनियरीङ्गमा ४८ जना विद्यार्थीले अध्यापन गर्न पाउने छन् । त्रिशुली स्कुलले सुविधा सम्पन्न भवन, अत्याधुनिक प्रयोगशालाको समेत विकास गरीसकेको सहायक प्रधाध्यापक राजेन्द्र दवाडीले जानकारी दिनुभयो । जिल्लामा एसईई परिक्षामा जिपिए प्राप्त गरेमा विद्यार्थीले घरैबाट दक्ष ईन्जिनियर वन्न पाउने भएका छन् ।

Advertisement

प्रतिक्रिया