त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयमा अब ईन्जिनियरिङ्ग पढ्न पाइने


नुवाकोट र रसुवाको पहिलो विद्यालय त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय त्रिशुली बजारमा तिन बर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग विषयको कक्षा यसै शैक्षिक सत्रदेखि शुरु हुने भएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको सम्वन्धनमा नुवाकोटमा पहिलो पटक तिन बर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग विषयमा त्रिशुली मा.वि ले कक्षा संचालन गर्न लागेको छ । यसै शैक्षिक सत्रमा अध्यापन शुरु गर्न विद्यालय व्यवस्थापन समितीको मंगलबार बैठक बसी आवश्यक तयारीमा जुटेका छ । एक शैक्षिक सत्रमा डिप्लोमा ईन सिभिल इन्जिनियरीङ्गमा ४८ जना विद्यार्थीले अध्यापन गर्न पाउने छन् । त्रिशुली स्कुलले सुविधा सम्पन्न भवन, अत्याधुनिक प्रयोगशालाको समेत विकास गरीसकेको सहायक प्रधाध्यापक राजेन्द्र दवाडीले जानकारी दिनुभयो । जिल्लामा एसईई परिक्षामा जिपिए प्राप्त गरेमा विद्यार्थीले घरैबाट दक्ष ईन्जिनियर वन्न पाउने भएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया