बेलकोटगढी नगरपालिका वडा नम्बर ६ कार्यालयको भवन उद्घाटन
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयको भवनको उद्घाटन गरिएको छ ।
बुधवार नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनाल, प्रमुख प्रशासकिय अधिकृत दिपक राज खतिवडा लगायतले वडा कार्यालयको भवनको संयुत्त रुपमा उद्घाटन गरेका हुन् ।
वडा कार्यालयको भवन उद्घाटन गर्दै मेयर खनालले नगरपालिकाले पछिल्लो ४ वर्षको अवधिमा भौतिक क्षेत्रमा निकै प्रगति हासिल गरेको बताए । मेयर खनालले नगरपालिकाको रणनीतिक महत्वका ५ वटा सडकमध्ये लोक सँचार मार्ग अन्तर्गत काशिटार बाघखोर खण्ड कालोपत्रे अन्तिम चरणमा पुगेको र बाघखोर धार्के खण्ड सडक कालोपत्रेको काम यसै आर्थिक बर्षमा सम्पन्न गर्ने बताए । यस्तै
धमले–बाघखोर सडक अन्तर्गत धमले–निरञ्जना खण्ड कालोपत्रे सम्पन्न भईसकेको र निरञ्जना बाघखोरखण्ड धमाधम काम भईरहेको र आउने मंसिरसम्म कालोपत्रे सम्पन्न भईसक्ने मेयर खनालले बताए ।
नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको उत्त भवन निर्माणा गर्न जग्गा दान गर्ने स्थानिय समाजसेवी धनकुमारी बास्कोटासहित अन्य ५ जनालाइ समेत कार्यक्रममा सम्मान गरिएको छ ।
कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष अम्विका तमाङ्ग,वडा नम्बर ५ का वडाध्यक्ष अनन्त नेपाल, वडा नम्बर ८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनी, वडा नम्बर ९ का वडाध्यक्ष बाबुराम गजुरेल लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया