नुवाकोटमा मल कारखाना खोल्‍ने बागमती प्रदेश सरकारको तयारी

विदुर खबर २०७८ भदौ ३० गते ७:०९

नुवाकोट । बागमती प्रदेश सरकारले किसानहरुका लागि मल कारखाना खोल्ने योजना ल्याउने जनाएको छ।

Advertisement

गृहजिल्ला नुवाकोटको विदुरमा भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री वद्री मैनालीले किसानहरुले मल कारखाना नहुँदा धेरै समस्या झेलिरहेको दावी गर्दै किसानकै उन्नतीका लागि प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर रासायनिक मल कारखाना सञ्चालन गर्ने योजना रहेको बताए।

आफु जति दिन कुर्सिमा बसे पनि जनताको हितमा केन्द्रति हुने दावी गर्दै नेकपा एमाले नुवाकोटका अध्यक्षसमेत रहेका राज्यमन्त्री मैनालीले देशको विकास कृषि तथा सहकारीवटै हुने भएका कारण कृषकहरुको समस्या समाधान गर्नु आफुहरुको दायित्व भएको पनि बताए। किसान लक्ष्यित योजना तथा कार्यक्रमहरु आफ्ना प्राथमिकतामा परेको समेत उनले बताए।

Advertisement

संविधानको धारा १६८ को १ अनुसार गठन भएका कारण बागमती प्रदेश सरकारले विस्वासको मत लिइरहनु नपर्ने ठहर गर्दै राज्यमन्त्री मैनालीले कसैले अविस्वासको प्रस्ताव दायर गरे विश्वासको मत लिने प्रक्रिया भने त्यसवेला नै सुरु गर्ने बताए।

उनले अधिकार, विद्यमान कानून, ऐनले दिएको अधिकार प्रयोग गरेर कृषि तथा सहकारीको रुपान्तरण गर्नेसमेत जानकारी दिए। राज्यमन्त्री मैनालीले नेपाली जनताको भावनाको कदर गर्नु सरकारको कर्तव्य भएका कारण जनपक्षिय निर्णयहरु गर्ने योजनामा प्रदेश सरकार रहेको बताए।

Advertisement

मैनाली राज्यमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आएका हुन भने उनलाई नेकपा एमाले जिल्ला कमिटि लगायतका संघसंस्थाले कार्यक्रमसहित स्वागत गरेका छन्।

प्रतिक्रिया