नुवाकोटका ३० युवक एमाले प्रवेश

विदुर खबर २०७८ भदौ २७ गते २०:१६

नुवाकोट । नुवाकोटमा विभिन्न पार्टीमा क्रियाशिल रहेका ३० युवकहरु एमालेमा प्रवेश गरेका छन् ।

Advertisement

नेकपा एमाले नुवाकोटका नेता देवेन्द्र भण्डारीको पहलमा ती युवा एमाले गरेका हुन् । नवप्रवेशी युवालाई नुवाकोट एमाले अध्यक्ष एवम् वागमती प्रदेशका कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले स्वागत गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा एमाले नुवाकोटका सचिव काँशी अधिकारी, एमाले नुवाकोटका नेताहरु नारायण घिमिरे, दिपक कार्की, रामनाथ खनाल, युवा संघ नेपालका केन्द्रीय सदस्य तथा एमाले नुवाकोटका युवानेता सुरेश भण्डारीलगायतको उपस्थिति थियो ।

Advertisement

कार्यक्रममा बोल्दै राज्यमन्त्री मैनालीले युवाहरुलाई एमालेले उचित स्थान दिने तथा युवाको उर्जालाई सही ठाउँमा सदुपायोग गर्ने बताए ।

प्रतिक्रिया