राष्ट्रिय फोटो पत्रकार समुह नुवाकोट गठन

विदुर खबर २०७८ भदौ २६ गते २१:३७

नुवाकोट । प्रकाश सिलवालको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समुह नुवाकोट गठन गरिएको छ ।

Advertisement

नुवाकोटको विदुरमा शनिवार भएको प्रथम भेलाले सिलवालका नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष राजेन्द्र चित्रकारको प्रमुख आतिथ्यतामा भएको प्रथम भेलाले उपाध्यक्ष्को जिम्मेवारी हरिराम भेटुवाललाई दिँदा सचिवकाृे जिम्मेवारी महेन्द्र अधिकारी र कोषाध्यक्षमा केरिना शाक्य चयन भएकी छिन् ।

Advertisement

एनएफपिजेका केन्द्रिय सदस्य नवराज श्रेष्ठ, केन्द्रिय कोषाध्यक्ष सागर श्रेष्ठ, केन्द्रिय सदस्य प्रदीप श्रेष्ठ, एनएफपिजे बाग्मती प्रदेशका अध्यक्ष नारायण सिलवाल, सचिब राजन अधिकारी र कोषाध्यक्ष लोकेश लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

यसैविच आजै वसेको राष्ट्रिय फोटो पत्रकार समुह नुवाकोटको बैठकले आगामी असोज १९,२० र २१ गते फोटो पत्रकारिता तालिमको आयोजना गर्ने निर्णय समेत गठन गरेको सचिव महेन्द्र अधिकारीले जानकारी दिए ।

Advertisement

 

 

प्रतिक्रिया