कांग्रेस महाधिवेशन : केन्द्र र क्षेत्रबाहेकका सबै अधिवेशनको कार्यतालिका हेरफेर
विदुर खबर
२०७८ भदौ २५ गते १८:१२
नुवाकोट । कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ ।
के्रन्द्र र क्षेत्रबाहेक वडा, पालिका, जिल्ला अधिवेशनको कार्यतालिका हेरफेर भएको हो । शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले संशोधित महाधिवेशन तालिका प्रस्ताव गरेका हुन् । पदाधिकारी बैठकमा नेता रामचन्द्र पौडेल भने उपस्थित थिएनन् ।
जसअनुसार २७ भदौको पालिका अधिवेशन ९ असोजमा, १ असोजको प्रदेश सभा क्षेत्रीय अधिवेशन ११ असोजमा, एक मात्र प्रतिनिधिसभा जिल्ला अधिवेशन ५ असोजको १३ असोजमा, एकभन्दा बढी भएका जिल्ला १० असोजको १६ गते असोजमा प्रस्ताव गरिएको कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।
प्रदेश अधिवेशन १०–१२ कात्तिकमा र केन्द्रीय महाधिवेशन ९–१३ मंसिरमा हुनेछ । २० जिल्लामा रोकिएको वडा अधिवेशन ५ असोजमा हुने नेता महतले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया