नुवाकोटमा बस दुर्घटना एकको मृत्यु ४९ जना घाइते

विदुर खबर २०७५ साउन ३० गते १४:३९

नुवाकोट÷बुधबार विहान १० बजे नुवाकोटको बुङताङबाट त्रिशुलीतर्फ आउदै गरेको बस लामाटारमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ४९ यात्रु घाइते भएका छन् । गम्भीर घाइते भएका १५ जनालाई जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि उपचारको लागी बुधबार अपरान्ह नै काठमाडौ ग्रान्डी र ग्रिन सिटि अस्पताल लगिएको छ ।

Advertisement

रिफर गरिएका एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । मृत्यु हुनेमा बिदुर नागार्पा्लिका सबिक तुप्चे वाड नम्बर ५ महदेबखर्ककी मोती माया तामाङ रहेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुवरले बताए । तामाङको उपचार को क्रममा काठमाडौं ग्रेन्डी हस्पिटलमा मृत्यु भएको छ । गम्भीर घाइते हुनेहरुमा ज्ञानबहादुर तामाङ, चोकनी तामाङ, टिकामाया तामाङ, ईसाइन तामाङ, होमबहादुर तामाङ, बिनामाया तामाङ, पुर्णबहादुर.तामाङ,विरबहादुर बिक, उतम तामाङ , प्रेमकुमारी तामाङ,रिजम तामाङ, लेसांङ तामाङ, प्रेम सिङ तामाङ रहेका छन ।

बुङताङबाट त्रिशूली आउन लागेको बा.२ ख २८०४ नम्बरको बस विदुर नगरपालिका वडा नं .९ स्थित लामाटारमा मिनीट्रकलाई बाटो दिन पछि हटेर अघि बढ्ने क्रममा दुर्घटना हुदाँ चालक ज्ञानबहादुर तामाङ सहित ४९ जना भन्दाबढी घाइते भएको नुवाकोट प्रहरी प्रमुख बसन्तबहादुर कुंवरले जानकारी दिनुभयो । यात्रुहरुले खचाखच भरिएको बस दुर्घटना हुदाँ घाइते भएका ४९ जना जिल्ला अस्पतालमा उपचारको लागी भर्ना भएको र घाइतेको सङ्ख्या अझ बढी हुनसक्ने प्रहरीले जनाएको छ ।
घाइते भएका अधिकांश बुङताङ, साल्मे र देउरालीका यात्रुहरु रहेका छन । बिहान ८ बजे बुङताङबाट त्रिशूलीको लागी यात्रु लिएर आइरको बस लामाटारबाट भैरमकोट जान लागेको मिनीट्रकले बाटो नदिएपछि पछि हटेको बस अघि बढ्ने क्रममा सडक भासिएर दुर्घटना हुदाँ सडकबाट करिब ५० मिटर तल खसेको बस धनी र सोही गाडीमा आउनुभएका बुङताङका मानबहादुर तामाङले बताए । अन्य घाइतेहरुको भने नाम थर खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया