एमाले विभाजनको गणित : पाँच प्रदेशमा एमाले, दुइटामा नेकपा (एस) बलियो
नुवाकोट । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन भएपछि केन्द्रदेखि स्थानीय तहसम्म नेताहरूले आफ्नो कित्ता छुट्याउने क्रम चलिरहेको छ ।
केन्द्रमा सकिएपछि अहिले प्रदेश र स्थानीय तहमा सनाखत चलिरहेको छ । प्रदेश निर्वाचन कार्यालयमा सनाखत गराउन दुई दिन बाँकी रहँदासम्म पनि विभिन्न प्रदेशसभाका एमाले सदस्यहरू विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)मा सनाखत गराइरहेका छन् ।
प्रदेशसभा र स्थानीय तहमा एमाले र नेकपा (एस)बीच आ–आफ्नो पक्षमा जनप्रतिनिधिहरू तानातान गरिरहेका छन् । आइतबारसम्मको तथ्यांकअनुसार सात प्रदेशमध्ये पाँच प्रदेशसभामा एमाले बलियो देखिएको छ । दुई प्रदेशसभामा नेकपा (एस) बलियो छ । गण्डकीमा नेकपा (एस) का कुनै सांसद छैनन् भने लुम्बिनीमा हालसम्म एक जना मात्र नेकपा (एस)को पक्षमा देखिएका छन् ।
सुदूरपश्चिम : नेकपा (एस) एमालेभन्दा ठूलो
आइतबार सुदूरपश्चिम प्रदेशसभाका तीन जना एमाले सांसदले नेकपा (एस) रोजेर निर्वाचन आयोगमा सनाखत गराएका छन् । उनीहरूले सनाखत गराएसँगै सुदूरपश्चिमको प्रदेश सभामा नेकपा (एस)का १३ जना सांसद भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सांसदहरू प्रकाश रावल र तारा लामा तामाङले एमाले छाडेर (एस) रोजेका हुन् । यसअघि मन्त्रीसमेत रहेका १० सांसदले नेकपा (एस) रोजेका थिए ।
जसमा मन्त्री पूर्णा जोशी र लालबहादुर खड्का, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी र मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, सांसदहरू माया भट्ट, सुशीला बुढाथोकी, कुलवीर चौधरी, अमर साउद र बलबहादुर सोडारी रहेका थिए ।
नेकपा (एस) रोज्ने सांसदहरूको संख्या प्रदेश सभामा १३ पुगेसँगै एमाले प्रदेशसभामा ११ को अंकमा झरेको छ । सुदूरपश्चिम प्रदेशका सभामुख एमालेका भए पनि उनी तटस्थ रहनुपर्ने हुन्छ ।
कर्णाली : ३ जनाले मात्र एमाले छोडे
कर्णाली प्रदेशसभाका ३ जनाले एमाले त्यागेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । प्रदेशसभा सदस्यहरू चन्द्रबहादुर शाही, देवी वली र पद्म रोकायाले नेकपा (एस) रोजेका हुन् ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित २० सदस्य थिए । प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा ह्वीप उल्लंघन गरेर सांसद पदबाट मुक्त भइसकेका छन् । उनीहरू पनि नेकपा (एस)तिर लागेका छन् । चार सांसद पदमुक्त भएपछि १६ सांसदमा पुगेको एमाले तीन सांसदले नेकपा (एस) रोजेसँगै १३ सदस्यमा झरेको छ ।
लुम्बिनी : नेकपा (एस) मा एक सांसद
नेकपा (एमाले) विभाजनको प्रभाव लुम्बिनी प्रदेशसभामा भने न्यून मात्रै पर्यो । लुम्बिनी प्रदेशसभामा एमाले विभाजित भएर गठन भएको नेकपा (एस)मा सनाखत गराउनेको सांसद १ जनामात्रै रहेका छन् । एमालेबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्तीले मात्रै नेकपा (एस)को पक्षमा सनाखत गरेकी छन् ।
घर्तीले नेकपा (एस)को पक्षमा सनाखत गरेसँगै एमालेको प्रदेशसभा संख्या ३६ हुन पुगेको छ । यसमा सूर्य चुनाव चिह्न लिएर स्वतन्त्र राजनीतिक समूहका निर्वाचित एक सांसद पनि रहेका छन् ।
गण्डकी : नेकपा (एस) शून्य
गण्डकी प्रदेशसभामा भने नेकपा (एस)को पक्षमा एमालेका कुनै पनि सांसद उभिएनन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका २७ सांसद छन् । यसअघि माधव नेपालको पक्षमा उभिएका गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा एमालेमै रहेका छन् ।
माधव नेपालको पक्षमा रहेका एउटा प्रदेशसभा सदस्यले पनि एमाले नै रोजेपछि नेकपा (एस) ले गण्डकी प्रदेशसभामा उपस्थिति जनाउन सकेन ।
वाग्मती : एमाले बलियो
वाग्मती प्रदेशसभामा एमाले विभाजित भएर बनेको नेकपा (एस) को पक्षमा सनाखत गर्ने प्रदेश सभा सदस्यको संख्या आइतबारसम्म १३ पुगेको छ ।
गत शुक्रबार एमाले प्रदेशसभा सदस्य मीना ज्ञवालीले नेकपा (एस)को पक्षमा सनाखत गरेकी थिइन् । यसअघि एमाले छाडेर १२ जना प्रदेशसभा सदस्य नेकपा (एस) तिर लागेका थिए । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसँगै सामाजिक विकासमन्त्रीको शपथ लिएका कृष्ण शर्मा खनालले पनि एमाले छोडेका छन् ।
नेकपा (एस)मा सांसदहरू राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की रहेका छन् ।
योसँगै वाग्मती प्रदेशसभामा एमालेको संख्या ४२ मा झरेको छ । यसअघि प्रदेशसभामा एमालेको एकल बहुमत थियो ।
प्रदेश २ : नेकपा (एस) एमालेभन्दा ठूलो
प्रदेश २ मा एमालेभन्दा नेकपा (एस) ठूलो भएको छ । यो प्रदेशसभामा नवगठित नेकपा (एस)का १३ सांसद पुगेका छन् भने एमाले ८ सांसदमा सीमित भएको छ । एमाले प्रदेश २ को २१ सदस्यीय संसदीय दलका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा, सांसदहरू सीता गुरुङगोविन्द न्यौपाने, मदनसिंह श्रीवास्तव, अशोक यादव, प्रमोदकुमार यादव, मञ्जुकुमारी यादव, बेची लुङ्गेली, रविन्द्र बैठा, सीता गुरुङ, सुन्दर विश्वकर्मा, शत्रुधन महतो र डिल्ली उप्रेती नेकपा (एस)तिर लागेका हुन् ।
प्रदेश १ : नेकपा (एस) १० मा सीमित
प्रदेश १ को प्रदेशसभामा एमालेबाट विभाजित भएर गठन भएको नेकपा (एस)मा १० सांसद लागेका छन् । उनीहरूले गत बुधबार नै प्रदेश निर्वाचन आयोगको कार्यालयमा गएर सनाखत गराएका हुन् । सभामुखबाहेक ५१ प्रदेशसभा सदस्य रहेको जितेको एमालेमा ४१ सांसद रहेका छन् ।
प्रदेश १ बाट नेकपा (एस)मा लाग्ने सांसदहरूमा राजेन्द्रकुमार राई, राजन राई, पदमकुमारी गुरुङ, गणेशकुमार काम्बाङ, खिनु लङबा लिम्बू, सुनिताकुमारी चौधरी, सरिता थापा, कृष्णकुमारी राई, सावित्राकुमारी रेग्मी र उपेन्द्र घिमिरे रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया