नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या एकसय ९७ पुग्यो

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या दैनिक रुमा घट्न थालेसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या समेत घट्न थालेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या घटेर एकसय ९७ मा झरेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
सक्रिय कोरोना संक्रमितमध्ये एकसय ७३ जना होम आइसोलेसनमा, १५ जना अस्पतालमा र ९ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
आज जिल्लामा ३१ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ । यससँगै जिल्लामा कोरोनामुत्त हुनेको संख्या ७ हजार ७ सय १५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ११ जना कोरोना संक्रमित थपिएका छन् । ६८ जनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुस्टि भएको कार्यालयले जानकारी दिएको छ ।
थपिएका संक्रमितमध्ये ७ जना विदुर नगरपालिकाका, २ जना लिखु गाउँपालिका तथा बेलकोटगढी नगरपालिका र सुर्यगढी गाउँपालिकामा समान एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ हजार ९ सय ५७ पगुेको छ ।
यस्तै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । हालसम्म जिल्लामा झण्डै २७ हजार जनाकाृ पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया