बन्दको अवज्ञा गरेको भन्दै नुवाकोटमा दुई आइचरमा तोडफोड, एकमा आगजनी

विदुर खबर २०७५ साउन २९ गते ४:१०

नुवाकोट÷ विप्लप माओवादलिे बन्दको अवज्ञा गरेको भन्दै नुवाकोटमा दुई आइचरमा तोडफोड गरेको छ भने एकमा आगजनी गरेको छ ।

Advertisement

विप्लवका कबार्यकर्ताहरुले शिवपुरी गाउँपालीका ८ स्थित बोहरेखोलाबाट बालुबा बोकी काठमाण्डौ तर्फ जादै बा ५ ख २१३० नम्बर र बा ५ ख २१३२ नम्बरको आइचर तोडफोड गरेका छन भने बा ४ ख ८५१६ नम्बरको आईचरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । विव्लभका कार्यकर्ताले आइचरमा पेट्रोद छलेर आइचरमा आगजनी गरेको बताइएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले बताएका छन ।

यसैबिच विप्लव माओवादीले आफ्नो नेता पक्राउ गरेको विरोधमा आज गरेको नेपाल बन्दको प्रभाव नुवाकोटमा समेत परेको छ । बन्दको कारण नुवाकोटबाट छुटुने लामो दुरी तथा छोटो दुरीका वसहरु ठप्प भएका छन । बन्दको कारण जनजीवन प्रभावित भएको छ ।

Advertisement

प्रतिक्रिया