अखिल क्रान्तिकारी किस्पाङ गाउँपालिकाको पहिलो भेला सम्पन्न

नुवाकोट । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को किस्पाङ गाउँपालिकाको पहिलो भेला शनिवार सम्पन्न भएको छ ।
शनिवार किस्पाङ गाउँपालिकाको दावाचेत बजारमा आयोजित भेलाले रोजिना तामाङको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको अखिल क्रान्तिकारी नुवाकोट संगठन विभाग प्रमुख प्रदिप भट्टले जानकारी दिए ।
भेलाले कमिटिको उपाध्यक्षमा विपना न्यौपाने, कपिल न्यौपाने, करुणा तामाङ, विजय तामाङ र मुना भट्टलाई जिम्मा दिएको छ भने सचिवमा ससी तामाङ, सहसचिवमा ज्ञाववहादुर तामाङ र कोषाध्यक्षको जिम्मेवारी दिपा तामाङलाई दिएको छ ।
यस्तै कमिटिको सदस्यहरुमा राजेश फुयाल, प्रदिप भट्ट, रोसिका वाईवा, राजकुमार तामाङ, प्रकाश ठाकुर र एलिना न्यौपाने रहेका छन् । यस्तै अन्य सदस्यहरुमा प्रेविका राई, पुष्पा तामाङ, दावा छिरिङ तामाङ,नुर्वु तामाङ,अञ्जना तामाङ, अभिषेक न्यौपाने, विकेश घले र सम्झना घले चयन चयन भएका छन् ।
कार्यक्रममका प्रमुख अतिथि तथा अखिल क्रान्तिकारी नुवाकोट क्षेत्र नम्बर २ का इन्चार्ज निराजन बोगटीले निर्वाचित सबै विद्यार्थीहरुलाई शुभकामना दिँदै समग्र विद्यार्थीको हितमा रहेर काम गर्न आग्रह गरे । उनले पछिल्लो समय शैक्षिक क्षेत्रमा विकराल समस्या देखा परेको भन्दै ती समस्याहरुलाई सबै विद्यार्थी संगठनहरु मिलेर समाधान गर्नुपर्ने बताए ।
कार्यक्रममा अखिल क्राान्तिकारी नुवाकोटका संयोजक विनोद कोइराला भने विरामी भएका कारण उपस्थित हुन सकेनन । यस्तै कार्यक्रममा विशेष अतिथिको रुपमा नन्दराम न्यौपाने, बद्री देवकोटा, आइत तामाङ र माधप न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया