देशभर थप १७५६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

विदुर खबर २०७८ भदौ १८ गते २०:५४

नुवाकोट । पछिल्लो २४ घण्टामा देशभर १७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

देशभरका विभिन्न प्रयोगशालमा ९७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १३५७ र ४५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने २ हजार २७४ जना निको भएका छन् ।

Advertisement

नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ ।

प्रतिक्रिया