विदुर ११ गेर्खुको वडा सभापतिमा पाँच जनाको दाबी

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुमा नेपाली कांग्रेसको वडा सभापति बन्न पाँच जनाले दाबी गरेका छन् ।
महाधिवेशनको मिति नजिकिएसँगै गाउँमा कांग्रेसको चुनावले गर्माएको छ भने चिया वडा सभापति को बन्छ भन्ने चर्चा सुरु हुन थालेको छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिको मंगलवारको बैठकले वडा इकाईको चुनाव यहि भदौ २१ गते हुने निर्णय गरेसँगै वडामा सभापतिका आकांक्षी बढ्दै गएका हुन् ।
वडा सभापतिको लागि अहिले वर्तमान सभापति शेरवहादुर घले, उप–सभापति रंगनाथ नेपाल, वडा इकाइ सदस्य कृष्णमान घले, चन्द्रवहादुर प्याकुरेल लगायतले दाबी गरेका छन् । उनीहरुले सभापतिमा आफ्नो दावेदारी प्रस्तुत गर्दे अवको चार वर्ष कांग्रेसको नेतृत्व आफुले पाउनुपर्ने बताएका छन् ।
तर केही युवाहरुले भने कांग्रेसमा अव युवाको नेतृत्व हुनुपर्ने भन्दै जर्नादन न्यौपानेले अव नेपाली कांग्रेस विदुर ११ को नेतृत्व लिनुपर्ने बताएका छन् । लामो समय पाका व्यक्तिहरुले पार्टी संचालन गरेको तथा स्थानिय तहमा पार्टीका प्रतिनिधिहरुले लज्जास्पद हार व्यहोरेको भन्दै युवाले अबको नेतृत्व लिनुपर्ने उनीहरुले बताएका छन् ।
काग्रेसको गढ मानिएको गेर्खुमा स्थानिय तहको चुनावमा आफ्नै पार्टीका उम्मेद्धवारलाई हराउन वडाका पदाधिकारी लागेका थिए । त्यसको परिणम स्वरुप विदुर ११ मा कांग्रेसको तर्फबाट उम्मेद्धवार बनेका वडाध्यक्षदेखि सदस्यसम्मले नराम्रो पराजय व्यहोरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया