मोटरसाइकलले ढक्कर दिँदा ढङ्गेमा एक महिला घाइते
विदुर खबर
२०७८ भदौ १६ गते १८:२०
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेमा मोटरसाईकलले पैदल यात्रुलाई ठक्कर दिँदा एक महिला घाइते भएका छन् ।
घाइते हुनेमा विदुर नगरपालिका वडा नम्बर ४ बट्टारकी ४० वर्षिय आईतमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
विदुरबाट कोलनीतर्फ गइरहेको बाग्मति प्रदेशको ०२ ०२५ प ०३४७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घाईते महिलाको बायाँ खुट्टामा चोट लाग्नुका साथै नाक र कानमा चोट लागेको बताइएको छ । घाईते तामाङको स्टार अस्पतालमा सामान्य उपचार गरेपछि काठमाण्डौ रिफर गरिएको प्रहरीले जनाएको छ ।
पैदल यात्रुलाई ठक्कर दिने मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया