काठमाडौं महानगर र सिसडोलबीच फोहोर व्यवस्थापन गर्ने सहमति
नुवाकोट । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापन हुने भएको छ ।
काठमाडौं महानगरपालिका र सिसडोलका स्थानीयबीच भएको १४ बुँदे सहमतिअनुसार फोहोर व्यवस्थापनको अवरोध हटाई उपत्यकामा रहेको फोहोरलाई सिसडोलमा व्यवस्थापन गर्ने सहमति भएको हो ।
महागरको वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठ र ककनी वडा- १ का वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठसहित संलग्न बैठकले विभिन्न १४ बुँदे सहमतिमा गर्दै फोहोर ढुवानीमा भएको अवरोध हटाउँदै फोहोर व्यवस्थापन गर्ने निर्णय भएको हो । सहमतिअनुसार अब स्थानीयले फोहोर ढुवानीमा अवरोध सिर्जना गर्नेछैनन् र उपत्यकाको फोहोर व्यवस्थापन हुनेछ ।
दुवै पक्षले सहमति आजैदेखि लागू गर्ने जनाएका छन् । यसअघि महानगरपालिकासँग गरिएको १७ बुँदे सम्झौता पनि कार्यान्वयन गर्ने सहमति भएको प्रमुख श्रेष्ठ बताए ।
सहमतिमा तीनपिप्ले–सिसडोल सडक तत्काल १५ दिनभित्रमा ग्राभेल गरिने र त्यसपश्चात् टेण्डर प्रक्रियामा गई कालोपत्र गरिने, फोहोर ढुवानी गर्ने गाडीको लिचेड बक्सको व्यवस्था गर्नुपर्ने र तीनपिप्ले-सिसडोल सडक खण्डमा पार्किङ गर्न नपाउने तथा ओभरलोड ढुवानी गर्न नदिने, फोहोर ढुवानी गर्ने गाडीलाई टाइम कार्ड र बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्मको समयमा मात्र आउजाउ गर्न दिने, बाटोमा खसेको फोहोरलाई व्यवस्थापन गर्न गाडीको व्यवस्थापन गर्ने बुँदा रहेका छन् ।
यस्तै, तीनपिप्ले-सिसडोल सडक खण्डको जग्गाको कित्ताकाट गरि मुआब्जा दिने सम्बन्धमा महानगरका प्रमुखसँग छलफल गर्ने, स्थानीय प्रभावित क्षेत्रमा रहेका विद्यालय र संघसंस्थाका लागि खेलकुद व्यवस्थापन गर्ने, श्री महालक्ष्मी मन्दिर क्षेत्रमा सार्वजनिक शौचालय बनाउनेसमेत सहमति गरिएको छ ।
तीनपिप्ले–सिसडोल सडक खण्ड छेउछाउ र महालक्ष्मी मन्दिर वरपर वृक्षरोपण गरिने, फोहोर ढुवानी गर्ने चालकका लागि स्वास्थ्य परीक्षण गर्ने, सडक संरक्षण र सरसफाइका लागि अभियान संचालन गर्नेसमेत सहमति भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया