अखिल (क्रान्तिकारी)को सम्मेलन असोजमा
नुवाकोट । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन आगामी ८ असोजदेखि काठमाडौंमा हुने भएको छ ।
क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले कार्यसमितिको कार्यकाल पूरा भएकाले ८ देखि १० असोजसम्म सम्मेलन आयोजना गर्न थालिएको जानकारी दिए । क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलन २०७४ सालमा भएको थियो ।
कोरोना भाइरसका कारण सम्मेलनमा पहिले भएका प्रतिनिधिको संख्या घटाएर भौतिक रूपमा नै गर्ने उनको भनाइ छ । उनका अनुसार सम्मेलनमा ७९९ जना प्रतिनिधि सहभागी हुनेछन् । यसअघि दुई हजार २२२ जना प्रतिनिधि रहेका थिए ।
‘कोरोना संक्रमणको कारणले प्रतिनिधि घटाएका छौँ’, उनले भने, ‘त्यसैले भौतिक रूपमा नै सम्मेलन गर्नेछौँ ।’ उनले संक्रमण बढ्दै गए भने भर्चुअल माध्यमबाट पनि सम्मेलन गर्ने तयारी गरिएको जानकारी दिए ।
सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि उपाध्यक्ष बस्नेतसहित उपाध्यक्षद्वय पञ्चा सिंह, तिलकराज भण्डारी, दीपक देवकोटा र महासचिव उत्तम अधिकारी रहेका छन् ।
यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी निकट अखिल (क्रान्तिकारी)ले पनि आगामी ६ देखि ८ असोजसम्म पोखरामा २२औँ राष्ट्रिय सम्मलेन गर्ने निर्णय गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटमा अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न
विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन





प्रतिक्रिया