पछिल्लो २४ घण्टामा २२९५ जना संक्रमित थपिए, १६ जनाको मृत्यु
नुवाकोट । कोरोना भाइरसको संक्रमण आज एकै दिन दुई हजार २९५ जनामा संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १६ हजार २३३ जनामा परीक्षण गर्दा दुई हजार २९५ जनामा संक्रमण देखिएको हो ।
हिजोको तुलनामा आज संक्रमित बढेका हुन् । हिजो (आइतवार) एक हजार ३८८ जना संक्रमित देखिएका थिए । सक्रिय संक्रमित ३५ हजार ८७४ जना रहेका छन् ।
यस्तै संक्रमणबाट निको भई आज एक हजार ८०८ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख १४ हजार ५२० जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३.९ प्रतिशत रहेको छ ।
यस्तै संक्रमणबाट विगत २४ घण्टामा १६ जनाको ज्यान गएको छ ।अहिलेसम्म १० हजार ७३० जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३६१.६ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।
यस्तै ५६८ जना सघन उपचार कक्ष (आइसियु), १६० जना भेन्टिलेटर, ३३ हजार ३३३ जना होम आइसोलेसन, दुई हजार ५४१ जना संस्थागत आइसोलेसन र ३३८ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालमा सक्रमणको दर १९.५ प्रतिशत रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए
घाँस काट्ने क्रममा लडेर ७२ वर्षीय वृद्धाको मृत्यु 





प्रतिक्रिया