सामुदायिक मेलमिलापमार्फत नुवाकोटमा ५ सय ९१ विवाद समाधान, ४५ मुद्धाको रिफर

विदुर खबर २०७५ साउन २८ गते १२:४५

Advertisement

विदुर÷सामुदायिक मेलमिलाप मार्फत नुवाकोटमा ५ सय ९१ वटा बिबाद समाधान भएको छ । नुवाकोटमा दर्ता भएको ६ सय ३६ वटा मुद्धामध्ये ५ सय ९१ म्ुाद्धा मेलमिलाप मार्फत सल्टिएको छ ।
नुवाकोटमा दर्ता भएको ४५ वटा मुद्धा प्रहरी र अदालतमा रिफर गरि बाँकि बिबाद सामुदायिक मेलमिलाप केन्द्र मार्फत सहजीकरण गरेको प्राकृतिक श्रोत तथा द्धन्द्ध रुपान्तरण केन्द्र नेपालले जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले शंघियता कार्यान्वयनमा मेलमिलापको अमुल्य भुमिका रहने बताए । स्थानिय तहलाई बलियो र सम्बृद्ध बनाउन, शंघिय ब्यबस्थालाई दिगो बनाउनका लागी सामुदायिक मेलमिलापको आबाश्यक रहेको बताए ।यस्तै, स्थानिय तह बिचमा नै द्धन्द्ध हुन सक्ने भएकाले त्यस्ता बहु सरोकार राख्ने बिबादमा पनी सामुदायिक मेलमिलापले काम गनुए पर्ने उल्लेख गरे ।

Advertisement

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धब बहादुर थापाले स्थानिय नागरिकहरुमा ददेखिएको आपसि द्धन्द्ध र असहजतालाई सुक्ष्म रुपमा अध्यन गरि बिबाद ब्यबस्थापन गर्नु पर्नेमा जोड दिए । यस्तै, स्थानिय तह भित्र प्राकृतिक श्रोत तथा साधनहरुको उपयोग एवं संरक्षणमा समेत सामुदायिक मेलमिलापले काम गर्नु पर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महाँसंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेब खनालले मेलमिलाप केन्द्रले बिगतमा गरेका कार्यहरुको छानबिन हुनु पर्ने बताए । कर्मचारीहरुको मिलेकतोका कारण अबैध रुपमा बिबाद समाधान गरेको रिपोर्ट बनाएको बताए ।

कार्यक्रममा प्राकृतिक श्रोत तथा द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका कार्यकारी निर्देशक चुप बहादुर थापाले बिगतमा भएका कार्यहरुको छानबिन समेत गर्ने बताए । यस्तै, सबै वडामा रहेका मेलमिलाप केन्द्रमा सम्बन्धित स्थानीय तहले अनुगमन तथा निरिक्षण गर्नु पर्नेमा जोड दिए । नुवाकोटमा ७ सय ३० जना मेलमिलाप कर्ताहरु रहेको प्राकृतिक श्रोत तथा द्धन्द्ध रुपान्तरण केन्द्रले जनाएको छ । हाल ६३ स्थानमा मेलमिलाप केन्द्र स्थापना भएको र बाँकि २५ स्थानमा केन्द्र स्थापनाको तयारी भैरहेको बताईएको छ । त्यस्तै कार्यक्रममा प्राकृतिक श्रोत तथा द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका सन्तोष खनालले नुवाकोटमा छलफलको माध्यमबाट द्धन्द्ध र विवाद समाधानको लागि संवाद कुञ्ज स्थापना गरेको बताए । संवाद कुञ्जले रसुवा र नुवाकोटमा विवाद देखिएको विभिन्न विषयमा छलफल गरिरहेको छ । संवाद कुञ्जले नुवाकोटमा सडक विस्तार र यसले स्थानियबासीमा पारेको प्रभाव तथा किम्ताङको याहुव सामुदायिक वनसम्बन्धि समस्या समेत छलफलको माध्यबाट  सम्बादको काम भैरहेको छ ।

Advertisement

प्रतिक्रिया