करदाता शिक्षा तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

विदुर खबर २०७८ भदौ १४ गते ६:४७

नुवाकोट । करदाता सेवा कार्यालय गल्छी, तादी गाउपालिका, दुप्चेश्वर गाउपालिका र शिबपुरी गाउपालिकाको आयोजनामा खरानीटार, समुन्द्रटार र शेराबगरमा ३ दिने करदाता शिक्षा तथा अन्र्तक्रिया कार्यंक्रम सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रममा श्रोतमा कर कट्टी (टिडिएस) को बारेमा कर शिक्षा दिइएको थियो । गाउपालिकाका र बिद्यालयहरुका लेखा कर्मचारीहरुलाई करदाता सेवा कार्यालयका कर अधिकृत गजाधर खतिवडा र नुवाकोट उद्योग बाणिज्य संघका कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

अहिले भुक्तानी दिने फर्म÷संघ÷संस्था÷बिद्यालय÷सरकारी निकायहरु लगायत सबैले ईटिडिएस अनिवार्य गर्नु पर्ने भएको र कुनै पनि ब्यक्ति÷फर्म÷निकायले आफ्नो आय बिबरण पेश गर्दा पहिलेको जस्तो सम्बन्धित निकायले दिएको लेटर र भौचरको आधारमा दावी गर्न नमिल्ने ब्यवस्था भएकोले इटिडिएस तालिम दिईएको श्रेष्ठले बताए ।

Advertisement

नुवाकोटका अन्य स्थानीय तहमा पनि चाडैं नै ईटिडिएस तालिम दिईने करदाता सेवा कार्यालयका कर अधिकृत गजाधर खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया